भिसा र उडान टिकटका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण अनिश्चित
Ujyaaloonline.com · Sun Jun 26 00:53:04 GMT 2022
काठमाण्डाै - नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ ।
कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो । तर भिसा आउन समय लागेपछि अभ्यास खेल अन्योलमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)