अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा
khabarhub.com · Tue Nov 16 16:52:49 GMT 2021
काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् ।
अमेरिकी राजदूत र्याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश दिइरहेका छन् । अमेरिकी राजदूत बेरीले मंगलबार मुगु डायरीको तेस्रो दिन भन्दै फेसबुकमा लामो स्टाटससमेत लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)