विद्युतीय सवारीको कर हटाउन सांसदहरूको माग
ekantipur.com · Wed Jun 01 00:43:21 GMT 2022
काठमाडौँ — विद्युत्को खपत बढाएर पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने बेला सरकारले विद्युतीय सवारीमा कर बढाएको भन्दै सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेका छन् । प्रतिनिधिसभामा मंगलबार आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल गर्ने क्रममा उनीहरूले विद्युतीय सवारीमा वृद्धि गरिएको कर हटाउन माग गरेका हुन् ।
सरकारले बजेटमा विद्युतीय सवारीमा १ सय २० प्रतिशतसम्म कर लाग्ने व्यवस्था गरेको छ, जसअनुसार पिकआवर १ सयदेखि २ सय किलोवाटसम्मका विद्युतीय सवारीसाधनमा ३०, २ सयदेखि ३ सय किलोवाटसम्ममा ४५ र ३ सय किलोवाटभन्दा बढी पिकआवर भएकामा ६० प्रतिशत अन्तःशुल्क तोकिएको छ । ती सवारीमा त्यति नै दरमा भन्सार महसुल पनि लगाइएको छ । यही विषयमा सांसदहरूले विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)