मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सडक वारपार गर्नुपर्दा काठमाडौँ जिल्ला अदालतका कर्मचारी पटकपटक दुर्घटनामा

ratopati.com · Tue Nov 07 06:25:00 GMT 2023

काठमाडौँ । कात्तिक १७ गते साँझ करिब ६ः३० बजे काठमाडौँ जिल्ला अदालत अगाडि सडक दुर्घटना भयो । जेब्राक्रसिङबाट बाटो काटिरहेका काठमाडौँ जिल्ला अदालतका कार्यालय सहयोगी केशव प्रसाद अधिकारीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते बने । गोडा र टाउकोमा चोट लागेका अधिकारीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

दसैँ बिदापछि अदालत खुलेकै दिन अर्थात् कात्तिक १२ गते पनि अदालतकै कर्मचारी गोमा थापा सोही स्थानमा दुर्घटनामा परिन् । गोमालाई पनि मोटरसाइकलले ठक्कर दिँदा उनको गोडा फ्रयाक्चर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले रातोपाटीलाई बताए । गोमालाई कम्तीमा एक महिना आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)