दुवै आइजिपी बेलायत जाने तयारी
nepalwatch.com · Mon Oct 28 16:53:39 UTC 2024

काठमाडौं ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै आइजिपी आगामी साता बेलायत जाने भएका छन् । इन्टरपोलको महासभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल १८ कात्तिकमा बेलायत जान लागेका हुन् । एक महिनाअघि नै उनीहरुको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
इन्टरपोलको ९२ औं महासभा बेलायतको ग्लासगो सहरमा आयोजना हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)