जर्मनीले हर्मोज जलमार्ग खुलाउन मागेको सैन्य सहयोग गर्यो अस्वीकार
baahrakhari.com · Mon Mar 16 17:44:30 GMT 2026

काठमाडौं । जर्मन सरकारले इरानको युद्धसँग नेटो सुरक्षा गठबन्धनको कुनै सरोकार नभएको बताएको छ । यसका साथै, जर्मनीले हर्मोज जलमार्गलाई सैन्य माध्यमबाट खुला राख्ने कार्यमा आफू सहभागी नहुने स्पष्ट पारेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग चालु राख्नका लागि चीनसहित धेरै देशहरू र नेटोसँग सहयोग मागेका थिए । अस्ट्रेलिया र जापानले यसअघि नै यसका लागि अस्वीकार गरिसकेका छन् । अब जर्मनी पनि अस्वीकार गर्नेहरूको सूचीमा सामेल भएको छ । चीनले भने दुवै पक्षसँग कुराकानी गरेर तनाव कम गर्ने प्रयास गरिरहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)