एकीकृत समाजवादीले चुनावअघि कुनै पनि मन्त्री नफेर्ने
ratopati.com
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनअघि मन्त्रीहरु परिवर्तन नगर्ने भएको छ । सो पार्टीले हाल सरकारमा रहेका केही मन्त्रीहरु फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्ने चर्चा चलिरहेका बेला चुनावअघि कुनै पनि कदम नचाल्ने निष्कर्ष अध्यक्ष नेपालले निकालेका छन् ।
यस विषयमा हालै सम्पन्न पार्टीको बैठकमा समेत छलफल भएपनि स्थानीय चुनाव अघि मन्त्रीहरुलाई फिर्ता नबोलाउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए । एकीकृत समाजवादी पार्टीबाट हाल शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ किसान र भवानी खापुङ मन्त्री रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)