धारिलाे हतियार प्रहार गरि भरतपुरमा एक युवाको हत्या
onlinekhabar.com · Sun May 08 17:31:51 GMT 2022
२५ वैशाख, चितवन । चितवनको भरतपुरमा एक युवाको हत्या भएको छ । आज साँझ ७ः३० बजे भरतपुर १२ निवासी अनिल परियार (कान) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान नजिक धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)