मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पाको अगाहाखोला जंगलमा भीषण डढेलो

ekantipur.com · Fri Apr 21 01:03:27 GMT 2023

पाल्पा — पाल्पाको अगाहाखोला क्षेत्रको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको जबुवादेखि बिहीबार दिउँसो सुरू भएको हो । डढेलोले दुई घर, तीन गोठ जलेको छ । स्थानीय र प्रहरीको सक्रियताले नजिकका अन्य बस्ती जोगिएको छ ।

डढेलो नियन्त्रणमा लिन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी खटिए पनि भीर र ठूलो जंगल भएकाले सकिएको छैन । रुङगा, थानकुन क्षेत्रबाट डढेलो सुरु भएको पिपलडाँडा प्रहरी चौकीले जनाएको छ । कुवादी र पिपलटारी क्षेत्रमा लागेको छ । प्रहरी र स्थानीय तैनाथ बसेर बस्तीमा डढेलो जानबाट जोगाएका छन् । राति १२ बजेसम्म बसेर बस्ती नजिक आउनबाट जोगाएको अगाहाखोलाका पोष्टराज न्यौपानेले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)