होटलदेखि चिया बगानसम्मको व्यवसायमा चलचित्रकर्मी
rajdhanidaily.com · Wed Aug 02 23:09:11 GMT 2023
काठमाडौं । अभिनेता दयाहाङ राई नेपाली चलचित्र क्षेत्रमा अहिलेका सबैभन्दा व्यस्त नायक हुन् । एउटा चलचित्रबाटै २५ लाख रुपैयाँ पारिश्रमिक लिनथालेका यी अभिनेताले वर्षमा ६ वटासम्म चलचित्रमा काम गर्न भ्याएका छन् । तैपनि, चलचित्रको कमाइबाट मात्र उनी सन्तुष्ट छैनन् । उनले रेस्टुरेन्ट व्यवसाय पनि सुरु गरेका छन् ।
काठमाडौंको थापागाउँमा रहेको मण्डला थिएटरको रुफटपमा अभिनेता दयाहाङले रेस्टुरेन्ट तथा बार खोलेका छन् । बंगुरको मासुको स्पेसल परिकार पाउने यस रेस्टुरेन्टमा प्रायः सबै कलाकारको जमघट हुने गरेको छ । ‘साथीहरूलाई जमघटका लागि सजिलो पनि होस् र साइड बिजनेस पनि होस् भनेर यो रेस्टुरेन्ट सञ्चालन गरेको हुँ,’ अभिनेता दयाहाङले भने, ‘अहिले राम्रोसँग चलेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)