सुन खोज्न हिँडे बोटेहरू: दशैं मनाउँदा लागेको ऋण तिर्न नदी किनारमा बास !
lokaantar.com · Sun Oct 29 00:58:31 GMT 2023
दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । 'दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । ३०/४० हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो,' शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारातर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, 'त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।'
५५ वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)