सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते
ekagaj.com · Mon Oct 28 15:30:52 UTC 2024

दाङ - सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)