प्रियंका कार्की अभिनीत 'तिम्रै हुँ म' सार्वजनिक
setopati.com · Thu Nov 06 10:50:00 GMT 2025

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीत 'तिम्रै हुँ म' सार्वजनिक भएको छ। बिहीबार युट्युबमा सार्वजनिक यस गीतमा नरेश रेग्मीको स्वर छ।
बामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको गीतको भिडिओमा प्रियंकासँग गायक नरेश स्वयंले अभिनय तथा नृत्य गरेका छन्।
भिडिओको निर्देशन मौसम हिमालीको हो भने यसमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।
गीत मायाप्रेममा आधारित छ।
भिडिओः
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)