मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

धनगढीको मार्कीमा आशिष

ekantipur.com · Tue Sep 26 01:06:56 GMT 2023

काठमाडौँ — धनगढी एफसीले आउँदो नेपाल सुपर लिग फुटबलका लागि नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर आशिष चौधरीसँग ‘मार्की’ खेलाडीमा सम्झौता गरेको छ । गो ड्रिमर्सको स्वामित्व रहेको धनगढीले विशाल राई विदेश गएकाले उनको अनुपस्थितिमा आशिषलाई लिएको हो ।

२३ वर्षे आशिषले यसै वर्ष चर्च व्वाइज युनाइटेडलाई पहिलो सहभागितामै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । आशिषलाई भित्र्याउन पाउँदा निकै उत्साहित रहेको धनगढीका अध्यक्ष सुवास शाहीले जनाए । पहिलो संस्करणमा धनगढी उपविजेता बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)