ट्रेलरमा ‘गौँथली’: डा.भोला रिजालको कथामा अरुण र सिम्रनको सशक्त अभिनय (भिडियो)
kalakarmi.com · Fri Jul 03 09:43:22 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘गौँथली’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार ओएसआर डिजिटलमार्फत ट्रेलर सार्वजनिक गर्दै फिल्म आगामी साउन १ गते (जुलाई १७) देखि देशभर प्रदर्शनमा आउने जानकारी दिएको हो।
डा. कपिल रिजालको निर्देशन रहेको फिल्मको कथा डा. भोला रिजालले लेखेका हुन् । ट्रेलरले पारिवारिक सम्बन्ध, गाउँ–समाज, पुस्तान्तरणको द्वन्द, भावनात्मक उतारचढाव तथा सामाजिक यथार्थलाई केन्द्रमा राखेर कथा अघि बढाइएको संकेत दिएको छ । ट्रेलरमा पारिवारिक संवेदना, प्रेम, संघर्ष तथा सामाजिक सन्देशलाई समेट्ने प्रयास देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)