‘विश्वमै सरकारहरू संसद्सँग डराउन छाडेका छन्’
farakdhar.com · Mon May 27 17:12:28 UTC 2024

संसद्को अधिवेशन चलिरहेको छ । सरकार संसद्सँग डराएको देखिँदैन । प्रतिपक्षी दलले पनि संसद्लाई आफ्नो बनाउन सकेको छैन । यो परिस्थितिलाई कसरी हेर्नुभएको छ ?
यो यथार्थ कुरा हो । विश्वमै सरकारहरू संसद्सँग डराउन छाडेका छन्, मोदीदेखि ट्रम्पसम्म । विश्वका तथाकथित उदारवादी सरकार किन संसद्सँग डराउन छाडेका छन् त ? नेपालको हकमा चाहिँ अरू विकृति छन् । अहिलेको संसद्मा संसद्वाद नमान्नेको बहुमत छ । अस्तिसम्म संसद्–प्रतिनिधिसभा थियो । मार्क्सवादी परम्परामा हुर्किएका साथीहरूले संसद्लाई कहिल्यै प्रभावकारी स्थलका रूपमा लिएका छैनन् । हिजो अध्यक्ष प्रचण्ड र उहाँको पार्टी संसद्वादको विरुद्धमा नौलो जनवाद ल्याउन लडेकै हो । संसद्मा सहभागी नेताहरू, संसद्का कर्णधारहरूले नै संसद्लाई उचित स्थान दिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)