मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वास्थ्य बिमाकाे पहुँच कुल जनसंख्याको १५ प्रतिशतमा मात्र

nepallive.com · Wed Apr 07 00:50:00 GMT 2021

काठमाडौं- स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याइएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण ‘स्वास्थ्य बिमा’ कार्यक्रम मुलुकभर पुर्‍याउने अन्तिम प्रयासमा सरकार जुटेको छ।

अहिलेसम्म मुलुकका ६९ जिल्लामा सञ्चालन भएको बिमा कार्यक्रम बुधबार ६ जिल्ला विस्तार गरी ७५ जिल्ला पुर्‍याइँदै छ। काठमाडौँ र ललितपुरमा भने केही पछि कार्यक्रम सञ्चालन हुने स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा सनेन्द्रराज उप्रेतीले जानकारी दिए। बोर्डका अनुसार कुल जनसङ्ख्याको १५ प्रतिशतलाई मात्रै सेवा पुर्‍याउन सकिएको छ। अझै सङ्गठित क्षेत्रलाई आवद्ध गर्न सकिएको छैन। अहिलेको १५औँ योजनाले भने ६० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)