चलिरहेकै साझालाई ‘ब्लु बस’मा रुपान्तरण गरिने, सञ्चालन खर्च सरकारी खाताबाटै बेहोरिने
clickmandu.com · Fri Jul 03 09:49:40 GMT 2026

काठमाडौं । सरकारले हाल चलिरहेका साझा यातायातलाई नै रुपान्तरण गरी ‘ब्लु बस’ सञ्चालनमा ल्याउने भएको छ । आगामी साउनदेखि सञ्चालन तयारी भइरहेको ब्लु बसका लागि नयाँ गाडी ल्याउने नभई हाल चलिरहेका साझा यातायातलाई नै रङ लगाएर ब्लु बसमा परिर्णत गरिने भएको हो ।
‘सरकारले सञ्चालनमा ल्याउने भनेको ब्लु बस नयाँ गाडी ल्याएर नभई हाल चलिरहेकै साझाका गाडीलाई रुपान्तरण गरेर बनाउने हो,’ साझाका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले क्लिकमान्डुसँग भने, ‘यसका लागि सरकार र साझाबीच सैद्धान्तिक सहमति भइसकेको छ । तर, अझै केही प्रक्रियाहरु भने बाँकी छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)