वैदेशिक रोजगारी र आन्तरिक श्रम बजार
abhiyandaily.com
समग्र अर्थतन्त्रमा पारेको प्रभाव
नेपालका लागि वैदेशिक रोजगार रहर नभई बाध्यता हो । यसले अर्थतन्त्रका विभिन्न क्षेत्रमा गम्भीर प्रभाव पारेको हुन्छ । ती प्रभाव सकारात्मक वा नकारात्मक वा दुवै हुन सक्छन् । यस्ता प्रभावलाई मिहिन ढंगले विश्लेषण गरिनु जरुरी हुन्छ । यसबाट वैदेशिक र आन्तरिक रोजगारको भावी दिशा तय गर्न सकिनेछ । नेपालले विगत ३० वर्षदेखि वैदेशिक रोजगारीलाई जनशक्ति व्यवस्थापनको रणनीतिका रूपमा अख्तियार गरेको देखिन्छ । कतिपय अवस्थामा सरकारले आन्तरिक रोजगारी सृजना गर्नेभन्दा पनि युवालाई विदेशिन प्रोत्साहन गरेको जस्तो पनि आभास हुने गरेको छ । यसले नेपालको समाज, श्रमबजार र समग्र अर्थतन्त्रमा गम्भीर प्रभाव देखाउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)