मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रहरी प्रधान कार्यालयबाट ‘अनावश्यक’ जनशक्ति हटाइँदै

nayapatrikadaily.com · Fri Aug 19 00:25:00 GMT 2022

सुरुमा डेढ सय कर्मचारीलाई फिल्डमा खटाइयो

प्रहरी प्रधान कार्यालयबाट ‘अनावश्यक’ जनशक्ति हटाउन थालिएको छ । हालै एक सय ४६ जनलाई फिल्डका कार्यालयमा खटाइएको छ । प्रहरी प्रधान कार्यालयलाई ‘स्मार्ट’ बनाउने योजनाअनुसार केही कर्मचारीलाई फिल्डमा खटाउन थालिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । ‘प्रधान कार्यालयमा काजमा कार्यरतलाई उनीहरूकै दरबन्दीमा खटाइएको छ,’ उनले भने, ‘यहाँ काम नभएका अन्य प्रहरीलाई पनि फिल्डमा पठाइएको छ । प्रधान कार्यालयमा जनशक्ति कम गरी स्मार्ट शैलीमा चलाउन थप गृहकार्य भइरहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)