चीनले दियो उपल्लो मुस्ताङीलाई खाद्यान्न र लत्ताकपडा
annapurnapost.com · Tue Nov 14 16:23:14 GMT 2023
जोमसोम : नाका खुलेको पहिलो दिननै उपल्लो मुस्ताङीले ठुलै परिमाणमा राहत सामग्री पाएका छन्। उपल्लो मुस्ताङका लागि उत्तरी छिमेकी देश चीनले १ लाख केजी खाद्यान्न र लत्ताकपडा राहत स्वरुप वितरण गरेको हो।
नेपाल-चीन (नेचुङ-लिजी)कोरलानाका उद्घाटन अघि आइतबार उपल्लो मुस्ताङी जनप्रतिनिधि तथा सरोकारवालाहरूको रोहबरमा चीनले नाकाकै आफ्नो भूक्षेत्र लिजीमा भाग लगाएर छुट्याएको थियो। तर घर लैजान दिएको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)