राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Fri Jul 03 09:56:08 GMT 2026

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित एक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको जिकिर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
राजपुर नगरपालिका वडा नम्बर ५ मा रहेको जनता (नमुना) माध्यमिक विद्यालयमा ८ कोठे प्रिसकुल ब्लक निर्माण गर्दा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गराई भ्रष्टाचार गरेको आरोपमा आयोगले आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)