शिक्षामा दलीयकरण हुनु नै अहिलेको ठूलो समस्या : गगन थापा
annapurnapost.com · Fri Jul 03 09:57:39 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन्। शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ग्रिन टेबल कार्यक्रममा सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक कुरा भएको भन्दै अहिले शिक्षामा दलीयकरण हुनु ठूलो समस्या भएको बताए।
उनले विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक वा शिक्षकहरूको योग्यता भन्दा पनि आफ्नो मान्छेलाई राख्नुपर्छ भन्ने मान्यता गाउँ–गाउँमा व्याप्त रहेको उल्लेख गरे। शिक्षा क्षेत्रमा राम्रा भन्दा आफ्ना मान्छे भर्ति गर्ने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)