अश्लिल बोलेर विवादमा मुछिएका पर्यटनमन्त्री ऋषि धमलाको अन्तर्वार्तामा : मैले के बिगारेको छु र राजीनामा दिने ? (भिडिओसहित)
reportersnepal.com · Tue Feb 15 17:19:09 GMT 2022
काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफूले के बिगारेको छ र ? राजीनामा दिने भनेर प्रश्न गरेका छन् । जगत वलीसँग कुराकानी गर्ने त्रममा अश्लिल बोलेको भिडिओ भाईरल भएपछि विवादमा मुछिएका मन्त्री आलेले आज (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् ।
यद्धपी उनले आफू पनि मानव भएको कारण मानवीय गल्ती हुने स्विकार्दै जनतासँग भने माफी मागेका छन् । पत्रकार धमलाले कुराकानीको क्रममा यो प्रकरणलाई लिएर तपाईँले राजीनामा दिनुपर्ने कुनै कारण र आधार छैन, होईन त ? भनेर सोधेको प्रश्नमा उनले आक्रोशित हुँदै भने-“फेरि तपाईँ राजीनामाको कुरा गर्नुहुन्छ ? मैले के बिगारेको छु र राजीनामा दिने ? मैले भ्रष्टाचार गरेको छु र ? मैले नचाहिने काम गरेको छु ? सम्मानीय प्रधानमन्त्रीज्यूको पनि मानमर्दन हुनेगरि त्यहाँ पोष्ट भएको छ ।” उनले आफूबाट पनि सामान्य त्रुटि भएको भन्दै त्यसको लागि तीन करोड जनतासँग आफूले क्षमा मागेको सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)