अमरसिंहचौरका टहरा बिहानै डोजरले हटाइए
gorkhapatraonline.com · Tue May 19 04:47:05 GMT 2026

पोखरा महानगरपालिका–१२ स्थित अमरसिंहचौरका टहरा मङ्गलबार बिहान डोजर लगाएर हटाइएका छन् । त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफैं अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाइएको हो ।
अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा ५२ वटा टहरा रहेका थिए । सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)