कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु, फरार चालक आफैँ सम्पर्कमा आए
baahrakhari.com · Tue Dec 26 16:57:06 GMT 2023
पोखरा । कास्कीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । पोखरास्थित बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट दुईजना पैदलयात्रीको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा बाग्लुङको ढोरपाटन–६ का २० वर्षीय ढालेन्द्र छन्त्याल र अहिलेसम्म नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षीय एकजना पुरुष रहेका छन् । छन्त्यालको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)