मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहयोगी मनहरूको पहलमा सुन्दरहरैंचाका शारीरिक अशक्तलाई आफ्नै घर

rajdhanidaily.com · Mon Mar 16 23:18:19 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिकामा सामाजिक सेवा र मानवीय संवेदनाको सुन्दर उदाहरण प्रस्तुत भएको छ। सुन्दरहरैंचा–१० बागझोडामा शारीरिक रूपमा अशक्त एक व्यक्तिका लागि “सहयोगी मनहरू” नामक सामाजिक संस्थाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ। संस्थाको पहल र सहयोगले बनेको उक्त घर अहिले एक विपन्न परिवारका लागि सुरक्षित आश्रय बनेको छ।

संस्थाका अध्यक्ष भीम अधिकारीका अनुसार निर्माण सम्पन्न भएको घरमा कुल लागतको करिब ७५ प्रतिशत रकम संस्थाले जुटाएको हो भने बाँकी २५ प्रतिशत रकम घरधनीले स्वयं लगानी गरेका हुन्। उनले संस्थाका सदस्यहरूबाट रकम सङ्कलन, सहयोगी मनहरू र विभिन्न शुभेच्छुकहरूको आर्थिक सहयोगबाट घर निर्माण सम्भव भएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)