शरणार्थी शिविरमा इजरायलको धावा
ekantipur.com · Fri Jul 07 00:36:28 GMT 2023
जेनिन — इजरायलले गत दुई दिन वेस्ट बैंकको उत्तरी क्षेत्रस्थित जेनिन शरणार्थी शिविरमा आक्रमण गर्न आफ्नो सुरक्षाकर्मी प्रयोग गर्यो । सैन्य कारबाहीको नाम दिइएको आक्रमण इजरायलले सन् २००२ मा वेस्ट बैंकमा गरेको ठूलो युद्धको झल्को दिनेखालको थियो । गत सोमबार रातिदेखि सुरु भएर बुधबारसम्म चलेको सैन्य कारबाहीबाट शिविरका ८० प्रतिशत भवनमा क्षति पुगेको छ । हजारौं स्थानीय प्रभावित भएका छन् ।
इजरायलको स्थल तथा हवाई कारबाहीको क्रममा १२ प्यालेस्टाइन र १ इजरायली सुरक्षाकर्मीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा ४ जना १८ वर्षमुनिका छन् । १६ देखि २३ वर्ष उमेर समूहका व्यक्ति मारिएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, इजरायलले मारिने व्यक्ति चरमपन्थी रहेको दाबी गरेको छ । मृत्यु भएकाको बुधबार गरिएको अन्त्येष्टि समारोहमा जेनिन सहरमा ठूलो जनसमुदाय सडकमा ओर्लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)