आज फागु पूर्णिमा : रङ खेल्दा के गर्ने ? के नगर्ने ?
lokaantar.com · Thu Mar 17 00:36:31 GMT 2022
बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइन्छ । हिमाली र पहाडी जिल्लामा फागुपर्व चैत ३ र तराई मधेसका जिल्लामा चैत ४ गते मनाइँदैछ ।
यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । होलीकै अवसरमा बुधबार पशुपतिनाथलाई बिहानै भक्तजनले लोला प्रहार गरेर अबिर चढाएका छन् । होली गीतमा खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई युवाले नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिने गरेका छन् । कतिपयले यस दिनलाई बिग्रिएको सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि सदुपयोग गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)