बाहिरयो सामसङ ग्यालेक्सी एस २२ सार्वजनिक हुने मिति, फोनमा १ टीबी स्टोरेज रहने
techpana.com · Thu Jan 13 16:46:10 GMT 2022
काठमाडौं । सार्वजनिक हुनुभन्दा अगाडिदेखि बजारमा निकै नै चर्चामा रहेको फोन सामसङ ग्यालेक्सी एस २२ सार्वजनिक हुने मिति बाहिरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यम डिजिटल डेलीले सामसङ ग्यालेक्सी एस २२ को सार्वजनिक मिति बाहिर ल्याएको हो ।
डिजिटल डेलीले उल्लेख गरे अनुसार सामसङको अर्को ‘अनप्याक्ड इभेन्ट’ फेब्रुअरी ८ मा हुनेछ । जुन दिन ग्यालेक्सी एस २२ पनि सार्वजनिक गरिनेछ । फोनको प्रि-अर्डर भने फेब्रुअरी ९ बाट सुरु हुनेछ । त्यस्तै प्रयोगकर्ताको हातमा भने यो फोन फेब्रुअरी २४ देखि पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)