मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : सफलताको सूत्र

nayapatrikadaily.com · Tue Sep 19 00:16:00 GMT 2023

एक बालकले पितासित प्रश्न गरे– बाबा, यो सफल जीवन भनेको के हो ? कस्तो जीवन सफल हुन्छ ? पुत्रको प्रश्नले पिता गम्भीर बने । एकैछिन सोचेर उनले एउटा चंगा र लट्टाई साथमा लिएर पुत्रलाई एउटा चौरमा लगे । चौरमा पुगेपछि पिताले चंगा उडाउन सुरु गरे । एकैछिनमा चंगा निकै माथि पुग्यो ।

उडिरहेको चंगा चुपचाप हेरिरहेका पुत्रले पितासित भने– बाबा, यो धागोले गर्दा चंगा धेरै माथि जान सकेन । धागो चुँडालिदिऊँ न ! सायद धागो चुँडालिदिएपछि यो धेरै माथि पुग्छ होला । पिताले पुत्रको चाहनाअनुरूप चंगाको धागो चुँडालिदिए । धागो चुँडिएपछि चंगा केहीबेर हावामा लहरायो र भुइँमा खस्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)