मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छः श्रममन्त्री कुँवर

dcnepal.com · Sat Aug 06 16:54:56 GMT 2022

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे । “श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी काम गर्नेछु”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)