युनाइटेड र लिभरपुलको महत्त्वपूर्ण जित
ekantipur.com · Thu Oct 20 00:51:07 GMT 2022
काठमाडौँ — म्यानचेस्टर युनाइटेड र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधबार महत्त्वपूर्ण जित हात पारेका छन् । युनाइटेडले लयबाट गुज्रिरहेको टोटनमलाई २–० ले हरायो । त्यसमा फ्रेड र ब्रुनो फर्नान्डेजले गोल गरे ।
युनाइटेड १९ अंकसहित पाँचौं स्थानमा छ भने तेस्रो स्थानको टोटनहम २३ अंकमै सीमित रह्यो । यस्तै लिभरपुलले डारविन नुनेजको निर्णायक गोलमा वेस्ट ह्यामलाई १–० ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)