चीन भ्रमण फलदायीः परराष्ट्रमन्त्री
reportersnepal.com · Thu Aug 11 16:21:00 GMT 2022
काठमाडौं, साउन २६ । परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताएका छन् । तीन दिने चीन भ्रमण पूरा गरी बिहीबार फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउदै नेपाली भूमि चीनविरुद्धको कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने विश्वास दिलाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)