मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनलाई भेटेर इन्डोनेसियाली राष्ट्रपति भने–युक्रेन युद्ध चाँडै अन्त्य होस् 

baahrakhari.com · Thu Jun 30 18:32:00 GMT 2022

मस्काे । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लगातार भेटवार्ता गरेका इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले आफ्नो मुलुकले यो युद्ध चाँडै अन्त्य होस् भन्ने चाहेको बताएका छन् ।

मस्कोमा पुटिनसँगको वार्तापछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा विदोदोले भनेका छन्, “बाह्य परिस्थिति अझै जटिल देखिए तापनि अझैपनि समस्या समाधान र खुला वार्तातर्फ अघि बढ्नु महत्वपूर्ण छ । म विश्वका सम्पूर्ण नेताहरूलाई आपसी सहयोगको भावना ब्युँताउँन आह्वान गर्छु ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)