मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यो गठबन्धन सरकारले बिकाशका काम ठप्प पारेको छ : योगेश भट्टराई, एमाले सचिब

rajdhanidaily.com · Fri Jan 26 23:36:14 GMT 2024

रौतहट । नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले एमालेको पालामा शुरु भएका बिकाशका योजनाहरु यो गठबन्धन सरकारले ठप्प पारेर राखेको बताएका छन । शुक्रबार रौतहटको गरुडामा आयोजित नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै केन्द्रिय सचिब भट्टराईले यस्तो बताएका हुन ।

देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तरगत एमालेको सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो । युवाहरुलाइ स्वरोगार बनाउने,औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)