परराष्ट्रसचिव लम्सालले सम्हालिन् कार्यभार
nayapatrikadaily.com · Fri Dec 15 17:13:00 GMT 2023
नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले शुक्रबार परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेकी छिन् । कार्यभार सम्हालेपछि उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता जनाइन् । वैश्विक संकट विद्यमान रहेका वेला नेपालीको हित संरक्षण गर्ने दायित्वमा आफू सक्रिय हुने पनि उनको भनाइ छ ।
‘मुलुकको परराष्ट्र नीतिअनुरूप द्विपक्षीय एवं बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिएर छिमेकी मुलुकसँग सम्बन्ध सञ्चालनलाई विशेष प्राथमिकतामा राखेर काम गर्नेछौँ,’ लम्सालले भनिन् । लम्सालले विदेशमा रोजगारीका लागि जान चाहने युवालाई रोजगार अनुमतिपत्र प्रदान गर्ने पनि बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)