मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भुवनलाई दीर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक/नायिका

baahrakhari.com · Sat Jul 01 01:01:00 GMT 2023

काठमाडौं । अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेस्टिभल सम्पन्न भएको छ । तीन दिनसम्म चलेको फेस्टिभलमा आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् ।

फेस्टिभलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)