बिया विश्वकै सबैभन्दा वृद्ध जीवित राष्ट्रपति, क्यामरुनको राष्ट्रपतिमा आठौँ कार्यकालको लागि शपथ ग्रहण
barnanmedia.com · Thu Nov 06 18:15:01 GMT 2025

विगत ४३ वर्षदेखि क्यामरुनमा राष्ट्रपति रहेका पल बियाले बिहीबार आठौं कार्यकालको लागि शपथ लिनुभएको छ। यस बर्षको निर्वाचनमा ठूलो विरोध प्रदर्शन दमनपछि उहाँले ५३.७ प्रतिशत मत प्राप्त गरी विजय हुनुभएको थियो ।
विश्वकै सबैभन्दा वृद्ध राष्ट्रप्रमुख बन्न सफल ९२ वर्षीय बियाले अक्टोबर १२ मा भएको मतदानमा बहुमत प्राप्त भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व मन्त्री इस्सा चिरोमा बाकारीले ३५.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)