विशेष महाधिवेशनवालाहरू चटके हुन् : मोहन बस्नेत
onlinekhabar.com · Fri Jul 03 10:18:33 GMT 2026

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन् । आज संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काको निवासमा बसेको उक्त समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको बताएका हुन् ।
कांग्रेसको १५ औं महाधिवेशनमा सबै सहभागी हुने विषयमा के कुराले अड्काइरहेको छ ? भन्ने प्रश्नमा उनले भने, ‘जो अहिले विशेष महाधिवेशनबाट सहभागी हुनु भएको छ । सबै कुरा उहाँको हातमा छ । उहाँहरू चटके हो । खराब औषधि विक्री गर्न रत्नपार्कका चटकेहरूले केके बोल्छन् नि त्यस्तै हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)