गाईजात्रा पर्वको तयारीमा संस्कृतिकर्मीहरूको भेला
thahakhabar.com
भक्तपुर : यस वर्षको सापारु (गाईजात्रा) पर्वलाई सभ्य र व्यवस्थितरूपले सम्पन्न गर्न भक्तपुर नगरपालिकाले तयारी थालेको छ। नगरपालिकाले बिहीबार नगरका दाफा, भजन, सांस्कृतिक टोलीका प्रतिनिधि र संस्कृतिकर्मीहरुसँग छलफल गर्दै सापारु पर्वको तयारी थालेको हो।
विगतका वर्षमा कोरोना महामारीका कारण सापारु पर्वलाई औपचारिकतामा सीमित गरेको नगरपालिकाले यस वर्ष भव्य र सभ्यरूपमा सम्पन्न गर्न आवश्यक तयारी र छलफल सुरु गरेको नगरप्रमुख सुनिल प्रजापतिले बताए। उनले सापारुमा प्रदर्शन हुने परम्परागत र आधुनिक सांस्कृतिक गतिविधिहरु बढीभन्दा बढी प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नुपर्ने बताउँदै सापारुमा हाँस्य व्यङ्ग्यमार्फत जनतालाई राजनीतिक र सामाजिकरूपमा सचेत बनाउँदै लानुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)