मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायती रक्षामन्त्रीले किन दिए राजीनामा ?

nepalviews.com · Fri Jun 12 00:43:08 GMT 2026

एजेन्सी । रक्षा मन्त्रालयका लागि आवश्यक बजेट र पर्याप्त स्रोतसाधन उपलब्ध गराउन सरकार असफल भएको भन्दै बेलायतका रक्षामन्त्री जोन हेलीले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा क्षेत्रको लगानीमा बेवास्ता गरेको उनको आरोप छ।

प्रधानमन्त्री स्टार्मरलाई बुझाइएको राजीनामा पत्रमा हेलीले अर्थ मन्त्रालय बजेट व्यवस्थापनमा अनिच्छुक देखिएको उल्लेख गरेका छन्। उनले पत्रमा भनेका छन्, 'राष्ट्रिय सुरक्षामाथि बढ्दो खतरा रहेको वर्तमान संवेदनशील अवस्थामा देशको रक्षाका लागि आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता पूरा गर्न तपाईं (प्रधानमन्त्री) असक्षम हुनुभयो।'

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)