मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वाफ वुमेन्स च्याम्पियनसिप : नेपालको सेमिफाइनल स्थान निश्चित

ekantipur.com · Fri Feb 23 00:53:36 GMT 2024

काठमाडौँ — वाफ वुमेन्स च्याम्पियनसिप २०२४ मा नेपालको सेमिफाइनल स्थान बिहीबार निश्चित भएको छ । प्रतियोगिताको समूह ‘बी’ को खेलमा प्यालेस्टाइनले सिरियालाई १–० ले हराएपछि यो समीकरण तयार भएको हो ।

नेपालसँगै प्यालेस्टाइन पनि अन्तिम चारमा पुगेको छ । यसअघि नेपालले इराकलाई ५–० ले हराएको थियो । दुवै टिमले लगातार दुई जित निकालेका छन् र यससँगै दुवै टिमको समान छ अंक भएको छ । गोल अन्तरको आधारमा नेपाल समूहको शीर्षमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)