मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुग्ध किसानले २१ चैतसम्म सबै बक्यौता पाउने सहमति

nayapatrikadaily.com · Sun Mar 03 00:22:00 GMT 2024

६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता पाउनुपर्ने मागसहित आन्दोलित दुग्ध किसानले २१ चैतभित्र सबै रकम पाउने सहमति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको पहलमा शनिबार दिउँसो केन्द्रीय दुग्ध सहकारी संघमा आबद्ध किसान प्रतिनिधि, डेरी उद्योगी र सरकारी कर्मचारी सम्मिलित वार्तामा किसानको बक्यौता चाँडै भुक्तानी सुरु गरी २१ चैतसम्म उद्योगीले तिरिसक्ने सहमति भएको हो । सहमतिसँगै किसानहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

प्रेस विज्ञप्तिमार्फत सार्वजनिक सहमतिको पहिलो बुँदामा ‘दुग्ध उत्पादक कृषकलाई दुध बिक्री गरेबापत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत ०८० सम्म गरिसक्ने’ उल्लेख छ । वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले किसानको भुक्तानी गर्न उद्योगीले नै प्रतिबद्धता जनाएको जानकारी दिए । ‘उद्योगीले पैसा भुक्तानी सुरु गर्ने सहमति गर्नुभएको छ,’ अध्यक्ष कुँवरले भने, ‘त्यसैले हामीले घोषणा गरेका आन्दोलनका कार्यक्रम पनि अहिलेलाई स्थगित गर्ने निर्णय लिएका छौँ ।’ बक्यौता भुक्तानीका लागि उद्योगीहरूले लिखित सहमति गरेका कारण नियमित रूपमा दुध बिक्री गरेको पैसा पाउने आशा गरेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)