एमालेको अर्को सरप्राइज जित
onlinekhabar.com · Thu Jan 25 17:02:14 GMT 2024
११ माघ, काठमाडौं । राष्ट्रियसभा चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा फेरि अर्को सर्प्राइज जित निकालेको छ । सत्ता गठबन्धनबाट महिलातर्फ उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन् ।
कोइरालाले ५ हजार ८६ मतभार पाएर जित्दा कार्कीले ४ हजार ९९२ मतभार मात्रै पाइन् । अर्थात् ९४ मतभारको झिनो अन्तरले कार्की पछाडि परिन् । कार्कीलाई प्रदेशसभाका ४४ र पालिका पदाधिकारीहरुबाट १४० जनाको मत परेको छ । तर कोइरालाले १३१ जना पालिका पदाधिकारी र ४९ प्रदेशसभा सदस्यको मत पाएर सरप्राइज जित निकालिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सोनाम ग्याल्जेन शेर्पा
उपनिर्वाचन
प्रधानमन्त्री पुष्पकमल दाहाल