‘बिरामी हेर्न नेता मात्र आउँछन्, डाक्टर आउँदैनन्’
ukaalo.com · Sat Nov 04 22:04:41 GMT 2023
वीरेन्द्रनगर (सुर्खेत)– शुक्रबार रातिको भूकम्पको केन्द्र बनेको जाजरकोटको बारेकोट गाउँपालिका–१, सिल्पाचौरकी दुर्गा थापा शुक्रबारसम्म सकुशल थिइन्। जब घडीले रातको ११ः४५ बजायो, उनको परिवारमाथि विपत्तिको ढ्यांग्रो बज्यो। आफ्नो वडामा केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि ढुंगाले छाएको घर बचेन, भत्कियो। चार वर्षीया छोरी शिविका थापासँगै उनी भूकम्पमा परेर बेहोस् भइन्। सुर्खेत अस्पतालमा रहेकी थापा भन्छिन्, “खानासाना खाइ सुतिसकेका थियौँ। पहिला जमिन हल्लिएजस्तो भयो। सबै बिउँझियौँ। भाग्दाभाग्दै च्यापिहाल्यो।”
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)