उखुको मूल्य तोकियो
nepalsamaya.com · Wed Jan 05 16:39:34 GMT 2022
काठमाडौँ- सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकेको हो।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)