मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

barnanmedia.com · Thu Nov 06 20:15:00 GMT 2025

अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैसँगै उक्त निकायले सिन्थेटिक औषधि उत्पादन र तस्करीमा एकैसाथ तीव्र वृद्धि हुने खतरा रहेको चेतावनीसमेत दिएको छ ।

तालिबान सरकारका अधिकारीहरूले सत्तामा पुनः फर्किएको एक वर्षपछि सन् २०२२ मा राष्ट्रव्यापी रूपमा अफिम खेतीमा प्रतिबन्ध लगाएका थिए । उक्त प्रतिबन्धपछि अफिम खेतीका लागि समर्पित क्षेत्र सन् २०२४ को १२ हजार ८०० हेक्टर (करिब ३१ हजार ६०० एकड) बाट घटेर सन् २०२५ मा १० हजार २०० हेक्टरमा पुगेको संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)