राष्ट्रपतिको चुनावअघि नै एकता नभए मोर्चा बनाउने तयारी
ekantipur.com · Sun Jan 22 16:46:52 GMT 2023
काठमाडौँ — राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकता नभए मोर्चा निर्माण गर्ने विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबार छुट्टाछुट्टै वार्ता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि वार्ता टोली सक्रिय भएको हो ।
आइतबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तीनकुनेमा जसपा र एकीकृत समाजवादीका वार्ता समितिबीच छलफल भएको थियो । जसमा एकीकृत समाजवादीको तर्फबाट महासचिव बेदुराम भुसाल, उपमहासचिवद्वय विजय पौडेल र प्रकाश ज्वाला सक्रिय रहेका थिए । जसपातर्फबाट अशोक राई र राजेन्द्र श्रेष्ठसहितका नेताको सहभागी रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)