सुडानको एल–ओबिडमा 'रेड अलर्ट' जारी
ratopati.com · Fri Jul 03 10:34:21 GMT 2026

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले सुडानको एल–ओबिड सहरमा फैलिरहेको 'विनाश' तथा प्रकोपका कारण शुक्रबार 'रेड अलर्ट'जारी गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्को बहसलाई सम्बोधन गर्दै टर्कले विश्वका नेताहरूलाई सहरमा हुने अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेका छन् । एल–ओबिदबाट आएका सङ्केतहरूको आधारमा स्पष्ट रुपमा सुडानमा अर्को मानव अधिकार विरुद्धको प्रकोप भइरहेको पुष्टि भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)